काठमाडौं। विश्वकप फुटबलको झण्डै एक सय वर्ष पुरानो इतिहास भइसक्दा २२ औँ संस्करणसम्म विश्वकप सम्पन्न भइसक्यो।
जसमा सबैभन्दा बढि ब्राजिलले ५ पटक विश्वकप जितेको छ। २ पटक उपविजेता बनेको ब्राजिलले सन् १९५८, १९६२ , १९७० , १९९४ र २००२ मा विश्वकप जितेको छ।


ब्राजिलपछि सबैभन्दा बढि ४–४ पटक जर्मनी र इटालीले विश्वकपको ट्रफि उचालेका छन्। जर्मनीले १९५४, १९७४ , १९९० र २०१४ मा विश्वकप जित्दा ४ पटक नै उपविजेता बनेको छ। इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जित्दा २ पटक उपविजेता बनेको छ।
यसैगरी अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा गरी ३ पटक विश्वकप जित्दा ३ पटक नै उपविजेता बनिसकेको छ। विश्वकप फुटबलको इतिहासमा फ्रान्स र उरुग्वेले २–२ पटक विश्वकप जितेका छन्।
उरुग्वेले पहिलो विश्वकप १९३० र १९५० मा विश्वकप जित्दा फ्रान्सले १९९८ र २०१८ मा विश्वकप जित्दा २ पटक नै फाइनलमा पराजित भयो। यसैगरी स्पेन र इंगल्याण्डले १–१ पटक विश्वकप जितेका छन्।
नेदरल्याण्ड्स ३ पटक उपविजेता बन्दै गर्दा हंगेरी र चेकोस्लाभियाले २–२ पटक उपविजेता बनेका छन्। स्वीडेन र क्रोयसिया १–१ पटक विश्वकपको उपविजेता बनीसकेका छन्।










