काठमाडौं । इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ।

मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो। इंग्ल्याण्डले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलोपटक पराजित भएको हो।

उक्त स्टेडियममा भएका विभिन्न खेलमा मेक्सिकोले आठ खेल जितेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो।

इंग्ल्याण्डका लागि जुड बेलिंघमले दुई र ह्यारी केनले एक गोल गरे। जुड बेलिंघमले ९९ सेकेण्डको अन्तरालमा दुई गोल गरे। खेलको ३६ औँ मिनेटमा उनले बुको साकाको पासमा गोल गरे। यस्तै, ३८ औँ मिनेटमा ह्यारी केनको पासलाई गोलमा परिणत गरे।

खेलको ५४ औँ मिनेटमा मेक्सिकोका जुलियन क्विनोसले गोल फर्काए। खेलको ५४ औँ मिनेटमा रेफ्रीले इंग्ल्याण्डका जेरल क्विनासलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाए।

१० जनामा सिमित इंगल्याण्डका लागि ५७ औँ मिनेटमा एक अवसर आयो। मेक्सिन गोलकिपर रउल रेन्जरले एन्थोनी गोर्डनलाई लडाएपछि रेफ्रीले इंग्ल्याण्डलाई पेनाल्टी दिए। उक्त मौकाको सदुपयोग गर्दै ह्यारी केनल ५९ औँ मिनेटमा गोल गरे। योसँगै विश्वकपमा केनले ६ गोल गरे।

६७ औँ मिनेटमा ह्यारी केनले फाउल गर्दा मेक्सिकोले पेनाल्टीको मौका पायो। उक्त मौकामा रउल जिमिनेजले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए।

इंग्ल्याण्डले क्वाटरफाइनलमा अब नर्वेको सामना गर्नेछ। पाँचपटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय