काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२, भुसिलडाँडामा सवारीसाधनको अभावका कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिनाइ भइरहेको अवस्थामा खानीखोला गाउँपालिकाका  स्वास्थ्यकर्मी चन्द्रकुमार लुङ्गेली गाउँमै पुगेर उपचारमा खटिएका छन्।

वडा नं. २ का अध्यक्ष पदमबहादुर मोक्तानका अनुसार झाडापखाला, ज्वरो तथा अन्य मौसमी स्वास्थ्य समस्याबाट प्रभावित तीन जना बिरामीको स्वास्थ्यकर्मी लुङ्गेलीले गाउँमै पुगेर उपचार गरिरहेका छन्।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन

← Back

Thank you for your response. ✨

स्वास्थ्यकर्मी लुङ्गेलीले देखाएको सक्रियता र मानवीय सेवाको स्थानीयवासीले प्रशंसा गरेका छन्। स्थानीयले दुर्गम बस्तीमा आकस्मिक स्वास्थ्य सेवा र बिरामी ओसारपसारका लागि आवश्यक सवारीसाधनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय