काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित गरेको छ ।

मंगलबार ओमानमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले पीएनजीमाथि २ विकेटको जित हात पारेको हो ।

पीएनजीले दिएको १३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो । रोहितकुमार रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भए । त्यस्तै सोमपाल कामी २२ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय