मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामा निर्वाचित भएका छन् । हेटौंडामा शनिबार भएको संघको सातौं अधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार मणिष श्रेष्ठलाई १० मतले हराउँदै लामा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत ल्याएका थिए । कुल २८ मतदाता रहेका थिए । संघ उपाध्यक्षमा अरुण बल (२३ मत), युवराज लामा (२१ मत) र अजय मानन्धर (१८ मत) विजयी भए । उपाध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरे ।
फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ (२५ मत), आशिष थापा (२५ मत), राजाराम थोकर (२४ मत), आलोक स्याङ्तान (२४ मत), पुष्पराज पुडासैनी (२३ मत), सचिन्द्र लामा (२३ मत), सचिन राई (२३ मत), दिनेश चौलागाईं (२३ मत), कृष्ण केसी (२० मत) र नवराज तिमल्सिना (१९ मत) विजयी भए । महिला सदस्यमा एलिसा आले विजयी भइन् ।
लामा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका हुन् भने पराजित भएका श्रेष्ठ पंकज नेम्वाङ पक्षधर हुन् ।