धुलिखेल, काभ्रे । स्थानीय तहको निर्वाचनका लागि जागिर छोडेर उम्मेदवार बन्नेको जमात बढ्दै गएको छ । स्थायी सरकारी जागिरदेखि अस्थायी र करार सेवासम्मको जागिर छोडेर स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ४ का आरती कार्की अस्पतालको जागीर छोडेर स्थानीय तहको उम्मेदवार बनेकी छिन् । उम्मेदवार बन्न कार्कीले काभ्रेको जिल्लास्थित् एक अस्पतालमा खाँदै आएको जागीर छोडेका हुन् ।

उनलाई माओवादी केन्द्रेले धुलिखेल–४ मा महिला सदस्यको उम्मेदवार बनाएका छन् । सत्तारुढ दलले धलिखेल नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धन गरेपनि वडामा भने मित्रवत् रुपमा प्रतिस्पर्धा गर्ने भएको छ ।

शिक्षण पेशामा ४ वर्ष विताएकी कार्की विगत ३ वर्षदेखि अस्पतालको जागीर गर्दै आएकी थिइन् । स्नातक तेस्रो वर्षमा अध्ययनरत महिला सदस्यका उम्मेदवार कार्की २४ वर्षको मात्र हुन् ।

कार्की जागीरे जीवनसँगै २०७३ सालदेखि माओवादी केन्द्र निकट भएर सक्रिय रुपमा राजनीतिमा लाग्र्दै आएकी छिन् ।

अस्पतालको सुविधा छोडेर राजनीतिमा प्रवेश गरेका उनले जनताको सेवाका लागि उम्मेदवारी दिएको बताइन् । उनी बामपन्थी काभ्रेका अग्रज नेता पृथ्वी थापाको परिवारका सदस्यसमेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय