काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबनधनको बैठकले सरकारलाई इन्धनको मूल्य घटाउन निर्देशन दिएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएको र उक्त कर घट्दा स्वतः मूल्य घट्ने जानकारी दिए ।


मन्त्री बडुका अनुसार अब डिजेलकम २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती भएको छ । यो सँगै अब डिजेलकाे भाउ प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ कायम भएको छ ।
यो निर्णय शनिबारै राति १२ बजेबाट लागु हुनेछ ।