काभ्रे । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि अर्थात पौष २३ गते झापा आउँने भएका छन् ।

अध्यक्ष ओली एमालेको काभ्रे दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नको लागि काभ्रेको धुलिखेलमा आउन लागेका हुन् ।

अधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक इन्द्र तामाङले आफुहरु अधिवेशनको अन्तिम तयारीमा जुटिरहेको बताए ।

उनका अनुसार अधिवेशनमा एमाले अध्यक्ष ओलीसँगै पार्टी पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाल लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।

सुरक्षा स्रोतले अध्यक्ष ओलीको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो पनि पढ्नोस्

काभ्रेमा एमाले फुटेको छैन, एक ढिक्का छ भन्ने देखाउन अधिवेशनमा जनमास उतार्ने लागेको होः अशोक व्यञ्जु

धुलिखेलका होटल व्यवसायीहरु एमाले जिल्ला अविधेशनलाई होटल-पर्यटनमा बदल्ने दाउमा

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय